खासकुरा संवाददाता
हेटौँडा, जेठ २४ गते ।
मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाको वडा न. १ लाई अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा भएको वडा घोषणा गरिएको छ ।

विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालयको पहुँच ल्याउने, आधारभूत तहसम्म निःशुल्क शिक्षालगायतका सूचकहरु पुरा गरी सरस्वती माध्यामिक विद्यालय, मार्खुको सहजीकरण र सहकार्यमा भएको कार्यक्रममा उक्त वडालाई शुक्रबार अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा भएको वडा घोषणा गरिएको हो ।

इन्द्रसरोवर गाउँपालिका वडा न. १ का वडाध्यक्ष एवं शिक्षा समितिका अध्यक्ष सुवास थापा मगरले घोषणा पूर्व घरदैलोलगायतका कार्यक्रममा टोलबस्तीमा पेगर गरी वडाभन्दा बाहिरका विद्यालयमा चार जना विद्यालयलाई वडाभित्रकै विद्यालयमा निःशुल्क शिक्षाको व्यवस्था गरिएको बताउनुभयो ।

वडाध्यक्ष एवं शिक्षा समितिका अध्यक्ष थापाको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष देवकृष्ण पुडासैनीको प्रमुख आतिथ्यतामा मार्खुमा आयोजित कार्यक्रममा उक्त वडालाई अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा भएको वडा घोषणा गरिएको थियो । योसँगै वडाभित्रका कुनै पनि विद्यालयले विद्यार्थीसँग कुनै पनि शुल्क लिने छैन ।

उक्त घोषणाबाट पर्ने वार्षिक करिब चार ८० लाख हजार आर्थिक दायित्व वडा कार्यालयबाट व्यवस्थापन गरिने वडाध्यक्ष थापाले जानकारी दिनुभयो । साथै विपद्जन्य जोखिम न्यूनीकरणका लागि पूर्वतयारी, उद्धार, राहतलगायतका कार्यलाई प्रभावकारी बनाउन र पुनर्निर्माण एवं पुनसर््थापन कार्यसम्बन्धी कार्यमा परिचालन गर्न वडास्तरीय स्वयंसेवक छनोट गरिएको जनाइएको छ ।




