चट्याङ लागेर मकवानपुरमा दुई जना घाइते

लोकप्रिय

हेटौँडा, जेठ ३१ गते । मकवानपुरको राक्सिराङ गाउँपालिकामा चट्याङ लागेर दुई जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले राक्सिराङ गाउँपालिका– १ रामचेका ३५ वर्षीय मिथुन मोक्तान र सोही स्थान बस्ने २२ वर्षीया सुर्जामाया स्यान्तान चट्याङ लागेर घाइते हुनुभएको जानकारी दिनुभयो ।

उहाँका अनुसार शुक्रबार चट्याङ लागि घाइते भएका दुवै जनाको हेटौँडा अस्पतालमा उपचार भइरहको छ ।

घाइते मिथुन मोक्तानको घाँटी, नाकमा चोट लागेको छ भने सुर्जामाया स्याङतानको बाहिर चोटपटक नदेखिएको र अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ ।

ताजा समाचार

Related Articles