खासकुरा संवाददाता
हेटौँडा, जेठ ३१ गते ।
करेण्ट लागेर नेपाल विद्युत् प्राधिकरणको एक कर्मचारीको मृत्यु भएको छ ।
धादिङको निलकण्ठ नगरपालिका वडा नं. १४ स्थित स्याउलीमा विद्युत मर्मत गर्ने क्रममा (मिटरबक्स जडान गर्न विद्युतको पोलमा चढी तार जोड्ने क्रममा) शुक्रबार विद्युत प्राधिकरणका कर्मचारी भेषराज बोहोरालाई करेण्ट लागेर मृत्युभएको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाले जनाएको छ ।
निलकण्ठ नगरपालिका वडा नं. २ पानधारे बस्ने वर्ष ४२ का बोहोरालाई करेन्ट लागी घाईते भएपछि उपचारको लागी जिल्ला अस्पताल धादिङबेशी लगिएकोमा १५ः२५ बजे उपचारको क्रममा मृत्यु भएको हो ।
बोहोराको शव जिल्ला अस्पतालमा रहेको छ । उक्त स्थान प्रहरी चौकी धुवाकोटबाट करिब सात कि.मि.पश्चिम र जिल्ला प्रहरी कार्यालय धादिङबाट करिब १७ कि.मि.पूर्व पर्ने प्रहरीको भनाई छ ।




