हेटौँडा, जेठ ३१ गते ।
हेटौँडा उपमहानगरपालिका वडा नं. १५ स्थित शिखरपानीमा एक महिलाबाट भ्रुण हत्या गरिएको छ ।
स्थानीय वसन्ती तामाङले ५/६ महिनाको भुण्र (छोरी) हत्या गरेर प्लास्टिकको बाल्टी फालेको अवस्थामा प्रहरीले फेला पारेको छ ।
बागती प्रदेश प्रहरी कार्यालय, हेटौँडाका अनुसार २९ वर्षीया तामाङले भुण्र हत्या गरी कपडाले बेरी घर बाहिर रहेको प्लास्टिकको बाल्टीभित्र फालेको अवस्थामा शुक्रबार फेला परेको हो । निजको श्रीमान् कामको क्रममा दुई वर्षदेखि विदेशमा रहेका छन् ।
तामाङलाई रक्तस्राब भई रहेको अवस्थामा प्रहरीको साथमा शुक्रबार उपचारको लागि हेटौँडा अस्पताल ल्याइएको थियो ।
निज वसन्तीलाई प्रहरीको निगरानीमा हेटौँडा अस्पतालमा उपचार भईरहेको छ भने घटनाको बारेमा अनुसन्धान भईरहेको प्रहरीको भनाई छ । यस्तै भुण्रको शव हेटौँडा अस्पतालमा ल्याइएको छ ।




