माछा मार्न गएका एकको गैंडाको आक्रमणबाट मृत्यु

लोकप्रिय

हेटौँडा, असार २ गते । भरतपुर ममहानगरपालिका २८ मा गैंडाको आक्रमणबाट एक जनाको मृत्युभएको छ ।
भरतपुर ममहानगरपालिका २८ बस्ने वर्ष ६० का जंगे कुमालको गैंडाको आक्रमणबाट मृत्युभएको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाले जनाएको छ ।

प्रहरीका अनुसार आइतबार मेघौली सेराइ होटल पछाडि रहेको राप्ती खोलामा माछा मार्न गएको बेलामा जंगली गैँडाले आक्रमण गरी घाइते बनाएका थियो ।

घाइते कुमाललाई उपचारको लागी सरकारी अस्पताल भरतपुर पठाइएकोमा राति .२१ः०५ बजेको समयमा डाक्टरले मृत घोषणा गरेको र घटनास्थल इलाका प्रहरी कार्यालय दिव्यनगरबाट करिब ७/८ कि.मी. पश्चिम पर्ने प्रहरीको भनाई छ ।

ताजा समाचार

Related Articles