दुर्गम लितीगाउँमा गुन्जिए अमेरिकी चर्चित गायक स्टेभन शार्प

लोकप्रिय

हेटौँडा, असार १ गते । मकवानपुरको थाहा नगरपालिका वडा नं. १२ टिष्टुङस्थित लिती गाउँ पाँच दिन सङ्गीतमय बन्यो । अमेरिकाको चर्चित गायकसँगै साङ्गीति समुह र व्याण्डसँगै टिष्टुङ क्षेत्रका कलाकारहरुले फरक माहोल बनाएको थियो ।
नगरपालिका भएर पनि दुर्गम लितीगाउँमा उक्त माहोललाई अझ रोमाञ्चित बनाउनुभएका थियो अमेरिकी चर्चित गायक स्टेभन शार्प नेल्सनको उपस्थितिले । गायक स्टेभन उत्कृष्ट द सेलो गाइजका रुपमा ख्याती प्राप्त गर्नुभएको छ । रक स्टार स्टेभन पियानोमा गुञ्जिएर सङ्गीत पस्कदा लितीगाउँका स्थानीय बासिन्दा मन्त्रमुग्ध बनेका थिए ।

अमेरिकाबाट आएका विदेशी पाहुनाहरुसमक्ष टिष्टुङका स्थानीय कलाकारहरुले गीत, सङ्गीत र नृत्य प्रदर्शन गरेर साङ्गीतिक माहोललाई अझ उल्लासमय बनाएको थाहा नगरपालिका वडा नं. १२ का वडाध्यक्ष टीका लामाले बताउनुभयो । उहाँले भन्नुभयो, पाँच दिनको अमेरिकी कलाकार र नेपाली कलाकारको जमघट र प्रस्तुतिले अन्तरदेशीय सांस्कृतिक आदान प्रदानमा सहयोग पुगेको छ ।

उक्त साङ्गीति माहोलको अवसर थाहा नगरपालिका वडा नं. १२ टिष्टुङस्थित लितीगाउँमा निर्माण गरिएको लिती खोनेपानी आयोजनाको उद्घाटन कार्यक्रमले जुटाइदिएको हो । खानेपानी आयोजना उद्घाटनको कार्यक्रमको दिन शुक्रबार नेपाली र अमेरिकी कलाकारहरुले आफ्नो गीत संगीत र कला पस्केका थिए ।

खानेपानी आयोजनामा सहयोग गरेका अमेरिकाका ४१ जनाको समुह भ्रमणको लागि मात्र नभएर अन्तरदेशीय सांस्कृतिक आदान प्रदानका लागि साङ्गीति ब्याण्ड र चर्चित गायकसहित आइपुगेका थिए । गायक स्टेभनसँगै पारिवारिक साङ्गीतिक समुह पनि अमेरिकाबाट साथमा आएर लिती गाउँमा कला पस्केर सङ्गीतमय बनाउनुका साथै नेपाली गीत सङ्गीत र कलाका बारेमा जानकारी लिएका थिए ।
अमेरिकाको चर्चित व्याण्ड द पियानो गाइज अमरिकाबाटै पियानोलगायतका बाजागाजा बोकेर आएका थिए ।
अमेरिकाबाट आएका उनीहरुले च्वाइस हुमानिटीमार्फत खानेपानी आयोजनालाई सहयोगसँगै विभिन्न काममा जुटेका थिए ।

चर्चित गायक स्टेभन शार्प नेल्सनको गीत सङ्गीतले लितीका बासिन्दालाई मोहित बनाएको थिए । उता तामाङ सेलोलगायतका नेपाली गीत सङ्गीतमा अमेरिकीहरु लितीमा भएका साङ्गीतिक कार्यक्रममा ताल मिलाएर नाच्दै मनोरञ्जन लिएको देखिन्थ्यो ।
वडाध्यक्ष लामाले कार्यक्रमले अन्तरदेशीय सांस्कृतिक आदान प्रदानसँगै नेपाली गीत सङ्गीत, कला र संस्कृतिलाई विश्वमाझ पु¥याउने अवसर मिलेको बताउनुभयो ।
टिष्टुङको लिती नागदह कला केन्द्र, म्याजिक डान्स केन्द्रलगायतका स्थानीय कलाकारहरुले सो अवसरमा आफ्नो कला प्रस्तुत गरेका थिए ।
सोही अवसरमा अमेरिकी वाद्यवाधक र सङ्गीतकर्मीहरुले टिष्टुङका गीत सङ्गीतप्रति अभिरुचि राख्नेलाई सङ्गीत प्रशिक्षणसमेत दिएका थिए ।

ताजा समाचार

Related Articles