बन्दाकोबी र आलुले छोपेर गाँजा ओसारपसार !

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, असार ४ गते । बन्दाकोबी र आलुले छोपेर गाँजा ओसारपसार गरिरहेको अवस्थामा प्रहरीले इटहरी उप–महानगरपालिका वडा नं. २० तरहरा क्षेत्रबाट ट्रकसहित तीन जनालाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दिनेश अधिकारीका अनुसार इटहरी उप–महानगरपालिका वडा नं. २० तरहरास्थित जंगल नजिकै कोशी लोकमार्गमा गाँजा ओसारपसार भइरहेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय इटहरी सुनसरीबाट खटिएको टोलीले धरानबाट इटहरीतर्फ आउँदै गरेको ना ५ ख ६११६ नं. प्लेटको सेतो रङ्गको मिनी ट्रक जाँच गर्दा बन्दाकोपी र आलुले छोपेर गाँजा ओसारपसार गरिरहेको अवस्थामा तीन जनालाई नियन्त्रणमा लिएको हो ।

उक्त ट्रकमा ४८ बोरा बन्दाकोबी र १२ बोरा आलुले छोपेर राखिएको अवस्थामा लागू औषध गाँजा जस्तो देखिने पदार्थ ७० बोरा (दुई हजार एक सय किलोग्राम) फेला परेको थियो ।

उक्त लागू औषध गाँजा सहित ट्रक, ट्रक चालक जिल्ला धनकुटा सहिदभूमि गाँउपालिकावडा नं. ६ बस्ने वर्ष ३२ को राजेन्द्र राई, ट्रकमा सवार वर्ष ३३ को सुनिल राई र जाँच स्थानमा शंकास्पद रुपमा आएका जिल्ला सुनसरी बराहक्षेत्र नगरपालिका वडा नं. ९ बस्ने वर्ष ३४ को सुमन राईलाई नियन्त्रणमा लिई थप अनुसन्धान गर्ने कार्य भइरहेको प्रहरीको भनाई छ ।

ताजा समाचार

Related Articles