हेटौँडा, असार ४ गते । हेटौँडा उपमहानगरपालिका १९ नेवारपानीस्थित तारा फाईबर उद्योगमा कार्यरत एक कामदारको करेण्ट लागेर मृत्युभएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार सो उद्योगमा हेड अपरेटरको रुपमा काम गर्ने कामदार भारत बिहार राज्य पूर्वी चम्पारणका भुषण बैठाको बुधबार दिउँसो करेण्ट लागेर मृत्युभएको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले ४० वर्षीय वैठाले सोही उद्योग नजिकै रहेको खोला(सोनो खोल्सा) किनाराबाट मोटर लगाएर पानी तान्ने क्रममा पानी नआएपछि के समस्या भएको हो भनेर जाँच गर्ने क्रममा अचानक करेन्ट लागि घटनास्थलमा नै मृत्यु भएको बताउनुभयो ।

उहाँका अनुसार शव हेटौँडा जिल्ला अस्पतालमा राखिएको र घटनाको थप अनुसन्धान भईरहेको छ ।




