मकवानपुरको थाहामा एक महिलाको हत्या

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, असार ५ गते । उत्तरी मकवानपुरको थाहा नगरपालिका वडा नं. १ स्थित कुन्छालमा बिहीबार दिउँसो धारिलो हतिहार प्रहार गरी एक महिलाको हत्या गरिएको छ ।

बिहीबार दिउँसो बिहीबार दिउँसो २ः२० बजेको समयमा स्थानीय ५५ वर्षीया तुलमाया गोपालीको ३५ वर्षीय विमलमान गोपालीले धारिलो हतियार प्रयोग गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

छिमेकका देवर नाता पर्ने विमलमानले धारिलो हतियार प्रहार गर्दा तुलमायाको घटनास्थलमा नै मृत्युभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नावय उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो । मृतक महिलाको टाउको र शव छुट्टिएको अवस्थामा रहेको छ ।

हत्यामा संलग्न विमलमानलाई प्रहरीले थाहा नगरपालिका ३ स्थित थानाबजारबाट खुकुरीसहित नियन्त्रणमा लिएको छ । महिलाको शव परीक्षणका लागि शिक्षण अस्पताल काठमाडौँ पठाइएको र घटनाको बारेमा अनुसन्धान भईरहेको प्रहरीको भनाई छ ।

ताजा समाचार

Related Articles