खासकुरा संवाददाता
हेटौँडा, असार ८ गते । मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नं. ८ शिखरडाँडाका एक बालक जंगली च्याउ खाँदा बिरामी भएका छन् ।

स्थानीय नौ वर्षीय किरण सुनारले शनिबार आफ्नै घर छेउछाउमा उम्रिएको जंगली च्याउ पोलेर खाँदा बिरामी भएको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाले जनाएको छ ।

जंगली च्याउ खाई बिरामी भएका बालक सुनारको मनहरी अस्पतालमा मकवानपुरमा ल्याई उपचार भईरहेको प्रहरीको भनाई छ ।

बालकको अवस्था मध्यम रहेको र उक्त स्थान इलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट करिब १५÷१६ कि.मि.उत्तर पर्ने प्रहरीले जनाएको छ ।




