काठमाडौँ, असार १० गते । गृहमन्त्री रमेश लेखकले विपद्को समयमा सूचना नै सबैभन्दा ठूलो शक्ति हुने बताउँदै विपद् व्यवस्थापनमा पत्रकारहरूको भूमिका अग्रपङ्क्तिमा रहने कुरामा जोड दिनुभएको छ।
विपद् पत्रकारिता सञ्जालले आयोजना गरेको ‘विपद् व्यवस्थापनमा पत्रकारको भूमिका’ विषयक प्रशिक्षणलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले सीमित स्रोतसाधनका बाबजुद सरकार प्रतिकार्यका लागि प्रतिबद्ध रहेको बताउनुभयो।
प्राधिकरणका कार्यकारी प्रमुख ई. दिनेश भट्टले मनुसन प्रतिकार्यका लागि राष्ट्रिय कार्ययोजना निर्माण भई कार्यान्वयनका लागि सबै सरोकारवाला निकायमा पठाइएको बताउनुभयो।
कार्यकारी प्रमुख भट्टले सोमबार मात्र कमाण्ड पोष्टको बैठक बसी मनुसन अवधिभर सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनमा आवश्यकता अनुसार रोक लगाउन ७७ जिल्ला सुरक्षा समितिलाई निर्देशन दिन गृह मन्त्रालयलाई अनुरोध गरिएको समेत जानकारी दिनुभयो।



