सेवाग्राहीलाई अभद्र व्यवहार गर्ने मकवानपुरका दुईसहित छ जना नियन्त्रणमा

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, असार १० गते । सेवाग्राहीहरूलाई दुःख/हैरानी गरी अभद्र व्यवहार गर्ने छ जना व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी परिसर, काठमाडौँले सोमबार दिउँसो १३ः३० बजेको समयमा जिल्ला काठमाडौँ, चन्द्रागिरि नगरपालिका ५ स्थित यातायात व्यवस्था कार्यालय, मोटरसाइकल गुर्जुधारा काठमाडौँमा आउने सेवाग्राहीहरूलाई अनावश्यक दुःख/हैरानी दिने कार्यमा संलग्नलाई नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी परिसर, काठमाडौँका सूचना अधिकारी प्रहरी उपरीक्षक अपील राज बोहराले मंगलबार एक विज्ञप्ति जारी गर्दै सेवाग्राहीलाई काम कारबाहीको सिलसिलामा छिटो काम गरी दिने भन्दै अभद्र व्यवहार गर्ने मकवानपुरका दुई जनासहित छ जनालाई नियन्त्रणमा लिएको उल्लेख गर्नुभएको छ ।
पक्राउ परेकाहरूमा काठमाडौँ जिल्ला चन्द्रागिरि नगरपालिका ६ बस्ने वर्ष २९ को विकाश तामाङ, मकवानपुरको मकवानपुरगढी गाउँपालिका १ घर भइ जिल्ला चन्द्रागिरि नगरपालिका ८ बस्ने वर्ष २५ को सुशील अधिकारी, सर्लाही जिल्ला बरहथवा नगरपालिका ९ घर भइ चन्द्रागिरि १२ बस्ने वर्ष २४ को अनिश ठकुरी, मकवानपुर घर भइ चन्द्रागिरि ५ बस्ने वर्ष १९ को छिरिङ लो, धादिङ, थाक्रे गाउँपालिका २ घर भइ चन्द्रागिरि १० बस्ने वर्ष २७ को मनोज तामाङ र गोरखा, सिरानचोक ७ घर भइ चन्द्रागिरि १० बस्ने वर्ष २४ को राजीव खत्री रहेका छन् ।
हैरानी दिने कार्यमा संलग्न छ जना व्यक्तिलाई प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई अभद्र व्यवहार गर्न नहुने कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट पाँच दिनको म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

 

ताजा समाचार

Related Articles