लागूऔषधसहित तीन जना भारतीय पक्राउ

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, असार ११ गते । प्रहरी चौकी रातोमाटे मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौँडा उपमहानगरपापलका वडा नं. १५ रातोमाटे चेकप्वाईन्ट स्थित पूर्व पश्चिम सडकखण्डबाट लागूऔषध सहित तीन जना भारतीय पक्राउ गरेको छ ।
बुधबार सवारी साधनहरु रोकी जाँच गर्ने क्रममा भारतको मोतीहारीबाट काठमाडौँतर्फ जान आउँदै गरेको बिआर ०१ ए बब्ल्यु १४०४ नं. को भारतीय कारलाई रोकी जाँच गर्नेक्रममा लागूऔषध फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
भारत बिहार राज्य मोतीहारी जिल्ला पंचमिडिया बस्ने वर्ष २६ को उपेन्द्र यादव, कारमा सवार सोही स्थानका वर्ष २२ को संजीत कुमार यादव र वर्ष ३५ को सिकिन्दर महतोलाई पक्राउ गरिएको हो ।
कार खानतलासीका क्रममा कारको सिटमुनी र पछाडिको डिकी भित्र फल्स बटम बनाई लुकाई ल्याईएको अवस्थामा लागूऔषध ट्रमाडोल २५ हजार ४५५ क्यापसुल र ओनरेक्स सय एमएलको १२० बोतल फेला पारी सवारी साधनससहित निजहरुलाई नियन्त्रणमा लिई जिल्ला अदालत मकवानपुर हेटौँडाबाट लागूऔषध कसुर मुद्धामा छ दिनको म्याद अनुमती लिई थप अनुसन्धान कार्य भईरहेको प्रहरीको भनाई छ ।

ताजा समाचार

Related Articles