प्रदेश सभाको बैठक असार १६ सम्मका लागि स्थगित

लोकप्रिय

हेटौँडा, असार १३ गते । बागमती प्रदेश सभाको बिहीबारको लागि तय भएको बैठक स्थागित गरिएको छ ।
प्रदेश सभाको बैठक सूचना टाँस गरेर असार १६ गतेसम्मका लागि स्थगित गरिएको हो । यसअघि प्रदेश सभा बैठक बिहीबार बिहान ११ बजे बस्ने तय भएको थियो ।

प्रदेश सभा सचिवालयले प्रदेश सभा बैठक असार १६ गते दिउँसो १ः०० बजेका लागि स्थगित गरिएको जनाएको छ । प्रदेश सभा सचिव रामकुमार पौडेलले बैठक ‘विशेष कारणबश’ स्थागित गरिएको भन्दै सूचना जारी गर्नुभएको छ ।

सूचनामा विशेष कारणबश सभामुखले असार १६ गते दिउँसो १ः०० बजेका लागि बैठक बस्ने समय निर्धारण गर्नुभएको उल्लेख छ ।

प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटमाथि छलफल गर्ने गरी बिहीबार बिहान ११ बजेको लागि प्रदेश सभा बैठक तय गरिएको थियो ।

ताजा समाचार

Related Articles