बागमती प्रदेशसभाको बैठक आज बस्दै

लोकप्रिय

हेटौँडा, असार १६ गते । बागमती प्रदेशसभाको बैठक सोमबार दिउँसो बस्दैछ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको बागमती प्रदेशसभा सचिवालयले जनाएको छ ।

गत असार १२ गतेका लागि तोकिएको बैठक विशेष कारणबश भन्दै सूचना टाँस गरेर बैठक स्थगित गरिएको थियो । प्रदेशसभा सचिवालयले सूचना जारी गर्दै बैठक असार १६ गते सारिएको जानकारी गराएको थियो ।

प्रदेशसभा सचिव रामकुमार पौडेलले आजको बैठकमा आर्थिक वर्ष २०८२/८३ को बजेटमाथि छलफल हुने कार्यसूची रहेको जानकारी दिनुभयो ।

बजेटमाथिको छलफल र आर्थिक मामिला तथा योजनामन्त्रीको जवाफपछि खर्च कटौतीको प्रस्तावका लागि समय प्रदान गरिने भएको छ ।

आगामी आव बजेट असमान रुपमा वितरण गरिएको भन्दै प्रदेश सभा सदस्यहरुले असन्तुष्टि जनाएका छन् । उता मन्त्री काफ्लेले उत्पादनसँग जोड्ने, रोजगारी, एकल अधिकारका क्षेत्र, लागत साझेदारीका योजना, कृषि, पूर्वाधार र पर्यटनलाई जोड दिएर आगामी आवको बजेट आएको बताउनुभयो ।

प्रदेश सरकारले आगामी आर्थिक वर्ष को वार्षिक नीति तथा कार्यक्रम कार्यान्वयन गर्न २०८२/०८३ का लागि ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजार रुपियाँ बराबरको बजेट प्रस्ताव गरेको छ ।

ताजा समाचार

Related Articles