हेटौँडा, असार १६ गते । बागमती प्रदेशसभाको बैठक सूचना टाँस गरेर बिहीबारसम्मका स्थगित गरिएको छ ।
सोमबार दिउँसोका लागि तय गरिएको बैठक सूचना टाँस गरेर यही असार १९ गते बिहीबार बिहान ११ः०० बजेसम्मका लागि स्थगित गरिएको हो ।

प्रदेश सभा सचिव रामकुमार पौडेलले बैठक बस्ने सोमबारका लागि तय भएको बैठक बस्ने समय परिवर्तन गरिएको जानकारी दिनुभयो
सोमबार दिनको ४ः०० बजेका लागि निर्धारण गरिएको सभाको बैठक विशेष कारणबश बिहीबार बिहान ११ः०० बजे बस्ने गरी समाभुखले निर्धारण गर्नुभएको सभा सचिव पौडेलद्वारा जारी सूचनामा भनिएको छ । प्रदेश सभाले सूचना टाँस गरेर बैठक स्थगित गरेको हो ।

यसअघि सोमबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक ४ः०० बजे बस्ने गरी समय परिवर्तन गरिएको थियो ।
यस्तै यसअघि पनि असार १२ गतेका लागि तोकिएको बैठक विशेष कारणबश भन्दै सूचना टाँस गरेर सोमबारसम्मका लागि स्थगित गरिएको थियो ।

प्रदेश सभा सचिव पौडेलका अनुसार सोमबारको प्रदेश सभा बैठकमा आर्थिक वर्ष २०८२/८३ को बजेटमाथि छलफल हुने कार्यसूची रहेको थियो ।
प्रदेश सरकारले आगामी आर्थिक वर्ष को वार्षिक नीति तथा कार्यक्रम कार्यान्वयन गर्न २०८२/०८३ का लागि ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजार रुपियाँ बराबरको बजेट प्रस्ताव गरेको छ ।




