इन्द्रसरोवरमा गाडी दुर्घटना हुँदा पाँच जना घाइते

लोकप्रिय

हेटौँडा, असार २० गते ।
मकवानपुर ईन्द्रसरोवर गाउँपालिका वडा नं.२ रातमाटेमा विद्युतीय गाडी दुर्घटना हुँदा पाँच जना यात्रु घाइते भएका छन् ।
हेटौँडा–काठमाडौँ जोड्ने भीमफेदी–कुलेखानी–काठमाडौँ सडक अन्तर्गत पर्ने उक्त सडक खण्डमा को हेटौँडाबाट काठमाडौँतर्फ जाँदै गरेको म.प्र.०३–००१ ज ०५५१ नं.को विद्युतीय गाडी शुक्रबार दिउँसो घुम्तीमा ब्रेक हान्दा टायर चिप्लिएर सडकबाट १५ मिटर तल खसेर दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले गाडीमा चालकसहित १० जना सवारमध्ये दुर्घटनामा परी दुई जना सामान्य र तीन जना गम्भीर रुपमा घाइतेभएको जनाएको छ ।
दुर्घटनामा परी पर्सा जिराभवानी गापा ३ का वर्ष ३५ का चन्द्र सन्जु गौरे, भारतको विहारका वर्ष ३९ को रिसाहद कुमार, सोही स्थानका वर्ष ३५ का उमा शंकर कुमार, वर्ष २७ का जताशंकर कुमार र वर्ष ५० का राकेश कुमार रहेका छन् ।

प्रहरीका अनुसार घाईतेहरुलाई उद्धार गरी उपचारको लागि काठमाडौँ पठाइएको छ । गाडी चालक बारा परवानीपुर गाउँपालिका २ का वर्ष २२ का राजाराम साह प्रहरीको नियन्त्रणमा रहेका छन् । उक्त सवारी साधन तिव्र गतिका कारण दुर्घटना भएको जनाइएको छ ।

ताजा समाचार

Related Articles