भरतपुर महानगरपालिकाको भवन निर्माण गर्न अनुदान निकासा गर्ने प्रदेश सरकारको निर्णय

लोकप्रिय

हेटौँडा, असार २० गते । बागमती प्रदेश सरकारले भरतपुर महानगरपालिकाको भवन निर्माण गर्न अनुदान रकम निकासा दिने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले महानगरपालिकाको प्रशासनिक भवन निर्माण गर्न सशर्त अनुदानमवापत तीन करोड एक लाख २० हजार रुपियाँ निकासा दिने निर्णय गरेको हो ।

प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले भरतपुर महानगरपालिकाको प्रशासकीय भवन निर्माण गर्न आठ करोड रुपियाँ उपलब्ध गराउने गरी निर्णय अनुसार तीन एक लाख २० हजार निकासा पठाउन स्वीकृत प्रदान गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

मन्त्रिपरिषद् बैठकले नुवाकोटको लिखु गाउँपालिकाको केन्द्र हेरफेर गर्न स्वीकृति पनि प्रदान गरेको छ । बैठकले साबिक वडा नं. ३ मा रहेको केन्द्र वडा नं. ४ मा स्थानान्तरण गर्न गाउँपालिका अधिवेशनबाट आएको प्रस्तावलाई स्वीकृत गरी संघीय सरकार समक्ष सिफारिश गर्ने मन्त्रीपरिषद् बैठकले निर्णय गरेको हो ।

गाउँ अधिवेशनबाट जग्गा प्राप्तिसहित केन्द्र हेरफेर गर्ने प्रस्ताव प्रदेश सरकारसमक्ष पठाएको थियो ।
स्थानीय तहको प्रस्ताव र प्रदेश सरकारको सिफारिशमा पालिकाको हेरफेर गर्ने व्यवस्था रहेको छ ।
यस्तै बैठकले प्रदेश कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव वैकुण्ठ अधिकारीको यही असार ३१ गतेदेखि साउन ५ गतेसम्म भियतनाममा हुने कार्यक्रममा सहभागी हुन स्वीकृत प्रदान गर्ने निर्णय गरेको छ ।

ताजा समाचार

Related Articles