काठमाडौँ, असार २३ गते ।  राष्ट्रपति रामचन्द्र पौडेलले न्याय परिषद्को सिफारिसमा पर्नु भएका तीन जनालाई  सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्त गर्नु भएको छ ।

नेपालको संविधानको धारा १२९ को उपधारा (२) बमोजिम राष्ट्रपति पौडेलले वरिष्ठ अधिवक्ता मेराज पोखेरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल र उच्च अदालत दिपायलका मुख्य न्यायाधीश शान्तिसिंह थापालाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गर्नु भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

त्यसै गरी राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा १५३ को उपधारा (१) को खण्ड (घ) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा भोजपुर जिल्ला, भोजपुर नगरपालिका वडा नं. ८ निवासी कानूनविद् वरिष्‍ठ अधिवक्ता श्री महेश कुमार नेपाल न्याय परिषद् सदस्य पदमा नियुक्त गर्नु भएको छ।

यसअघि संसदीय सुनुवाइ समितिको बैठकले सर्वोच्च अदालतका प्रस्तावित तीन न्यायाधीश र न्याय परिषद्को सदस्यको सुनुवाइ अनुमोदन गरेको थियो ।