‘कुलिङ अफ पिरियड’ गडबडी छानविन गर्न संसदीय विशेष समिति गठन

लोकप्रिय

काठमाडौँ , असार २३ गते । संघीय निजामती सेवा विधेयकमा ‘कुलिङ अफ पिरियड’को व्यवस्थामा गरिएको गडबडी छानबिन गर्न ७ सदस्यीय विशेष समिति गठन भएको छ ।

समितिमा नेपाली कांग्रेसबाट जीवन परियार र सुशील थिङ, एमालेबाट नारायण प्रसाद आचार्य र ईश्वरी घर्ती, माओवादी केन्द्रबाट माधव सापकोटा, रास्वपाबाट गणेश पराजुली र राप्रपाबाट रोशन कार्की रहनु भएको छ ।

सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको आजको बैठकमा उक्त समितिको घोषणा गर्नु भएको हो ।

छानविन समितिलाई ४ बुँदे कार्यादेश दिइएको छ । कार्यदेशकोमा त्रुटी कसबाट कानुनी  कारवाहीको सिफारिसको सुझाब पेश गर्ने लगायतको अधिकार दिएको छ ।

समितिलाई छानबिनका लागि २१ दिनको समय दिइएको छ ।

ताजा समाचार

Related Articles