उद्धार तथा राहतमा जुट्न कांग्रेस बागमती प्रदेशको आग्रह

लोकप्रिय

हेटौँडा, असार २४ गते । रसुवा र नुवाकोटा जिल्लाको बाढी प्रभावित क्षेत्रमा राहत र उद्धारका लागि जुट्न नेपाली कांग्रेस बागमती प्रदेश समितिले आग्रह गरेको छ ।
कांग्रेस प्रदेश समितिले मंगलबार एक अपिल जारी गर्दै बाढीबाट प्रभावित रसुवा जिल्लालगायत प्रभावित क्षेत्रका कांग्रेस पार्टीका स्थानीय, क्षेत्रीय, जिल्ला, प्रदेशतह, भातृ तथा शुभेच्छुक संस्थाका पदाधिकारी, सदस्यहरुलगायतलाई प्रभावित क्षेत्रमा पुगेर उद्धार र राहतमा जुट्न आग्रह गरेको हो ।
कांग्रेस बागमती प्रदेशका सभापति ईन्द्रबहादुर बानियाँले अपिल जारी गर्दै बाढी पहिरोबबाट सम्पर्कविहीनहरुको खोजी, प्रभावितको उद्धार तथा राहतमा खटिएका तीनै तहका सरकारी संयन्त्रलाई विशेष सहयोग गर्दै बाढीमा परेका र पर्नसक्ने थप जोखिमका क्षेत्रको पहिचान गर्दै सुरक्षित क्षेत्रमा स्थानान्तरण गराउने कार्यमा यथाशीघ्र खटिन आग्रह गर्नुभएको हो ।
रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण भएको ठूलो जनधनको क्षतिप्रति कांग्रेस बागमती प्रदेश कार्यसमितिले दुःख व्यक्त गर्दै पीडित परिवारलाई तत्काल राहत उपलब्ध गराउन, सम्पर्कविहीनहरुको खोजी तीव्र बनाउन तथा घाईतेहरुको यथाशिघ्र उपचारको व्यवस्था गर्न र बिग्रिएको सडक संजाल यथाशिघ्र मर्मत गर्ने व्यवस्था मिलाउन कांग्रेस बागमती प्रदेश कार्यसमिति तीनै तहको सरकारलाई आग्रह गरेको छ ।

ताजा समाचार

Related Articles