भोटेकोशी र सुनकोशी आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह

लोकप्रिय

हेटौँडा, असार २४ गते ।  तिब्बत तर्फ भइरहेको अविरल वर्षाका कारण नेपाल–चीन सीमा क्षेत्रका नदीहरूमा पानीको बहाव बढ्न सक्ने भन्दै स्थानीय प्रशासनले उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्। सिन्धुपाल्चोक, सिन्धुली र रामेछाप जिल्ला प्रशासन कार्यालयले मगलबार छुट्टाछुट्टै सूचना जारी गरी यस्तो आग्रह गरेका हुन् ।

“छिमेकी राष्ट्र चीनको तिब्बत क्षेत्रको न्यालममा वर्षा भईरहेको र आज राति बढी वर्षा हुन सक्ने सम्भावना रहेको चिनियाँ अधिकारीबाट प्राप्त सूचनाका आधारमा भोटेकोशी र सुनकोशी नदी आसपासका क्षेत्रमा जोखिम बढ्न सक्ने भएकाले त्यहाँका बासिन्दाहरूलाई सतर्कता अपनाउन अनुरोध गरिन्छ।” प्रशासनले आज सार्वजनिक गरेको सूचनामा भनिएको छ,

जिल्ला प्रशासनले विशेषगरी नदी किनारका बासिन्दाहरूलाई सावधानी अपनाउन भनेको छ भने अरनिको राजमार्ग ९बन्देदेखि लिपिङसम्म० मा सवारी साधन सञ्चालन गर्दा पनि विशेष ध्यान दिन अनुरोध गरिएको छ।
यस्तै जिल्ला प्रशासन कार्यालय रामेछाप र सिन्धुलीले पनि छुट्टाछुट्टै सूचना जारी गरी छिमेकी राष्ट्र चीनको तिब्बत क्षेत्रको न्यालममा वर्षा भईरहेको र आज राति बढी वर्षा हुन सक्ने सम्भावना रहेको चिनियाँ अधिकारीबाट प्राप्त सूचनाका आधारमा सुनकोशी नदी आसपासका क्षेत्रमा जोखिम बढ्न सक्ने भएकाले त्यहाँका बासिन्दाहरूलाई सतर्कता अपनाउन आग्रह गरेको छ । सिन्धुली प्रशासनले बिपी राजमार्ग र मध्य पहाडी राजमार्गमा सवारी साधन चलाउँदा सतर्कता अपनाउन भनेको छ । 

ताजा समाचार

Related Articles