प्रदेश सभाको बैठक बुधबारलाई सारियो

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, भदौ १८ गते ।
बागमती प्रदेश सभाको बैठक बस्ने बारेमा सत्ता र विपक्षी दलहरुबिच सहमती जुट्न नसकेपछि दुई दिनपछि धकेलिएको छ ।
आइतबार दिउँसो १ः३० बजेका लागि बोलाइएको बागमती प्रदेश सभाको बैठक बस्न पटक पटक दलहरुबिच प्रयास भएपनि सहमती जुट्न नसकेपछि स्थगित गरिएको हो ।
झण्डै दुई महिनापछि सोमबार दिउँसो १ः३० बजेबस्ने गरी प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले बैठकको समय निर्धारण गर्नुभएको थियो ।
यसैबीच सभामुख पाठकले बुधबार दिउँसो १ बजे बैठक बस्ने गरी तय गरिएको बताउनुभयो ।
प्रदेश सभाको बैठक बस्नुअघि कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रदेश सभा बैठकको कार्य सूची तय गर्न बोलाइएकोमा विपक्षी दल नेकपा एमालेलगायतका दलहरुको अडानका कारण कार्य सूचीमा सहमती जुट्न नसक्दा बैठक नै बस्न सकेन ।
नेपाली कांग्रेसका प्रदेश सभा सदस्य छिरिङदोर्जे लामाले कार्यव्यवस्था परामर्श समितिको बैठकमा सहमती जुट्न नसकेको जानकारी दिनुभयो । समितिको बैठकबाट बाहिरिनुभएका उहाँले कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमालेलगायतका दलहरुको अडानका कारण सहमती जुट्न नसकेका कारण बैठक स्थगित गर्ने अवस्था आएको बताउनुभयो ।
एमालेलगायतका दलहरु गत असारमा बजेटसम्बन्धमा भएको सहमती कार्यान्वयन नभएसम्म बैठक चल्न नदिने अडानमा रहेका छन् ।

ताजा समाचार

Related Articles