खासकुरा संवाददाता
हेटौँडा, असार २८ गते । चितवनको खैरहनी नगरपालिका १३ का पदम बहादुर राना मगरको बाघको आक्रमणबाट मृत्युभएको छ ।
६८ वर्षीय पदम बहादुरसहित तीन जना शुक्रबार बिहान ७ः०० बजे कुमरोज मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएकोमा निज पदम बहादुर सम्पर्कमा नआएपछि खोजी गर्ने क्रममा दिउँसो १४ः४० बजेको समयमा सोही जंगलभित्र जंगली जनावर बाघले आक्रमण गरी मृत अवस्थामा फेला परेको बागमती प्रदेश प्रहरीका कार्यालय, हेटौँडाले जनाएको छ ।

पदम बहादुरको शव स्थानीय करिब चार/पाँच सय जना भेला जम्मा भई बाघलाई नियन्त्रण लिए पश्चात मात्र मुचुल्कालगायतका पारम्भिक कार्य हुनु पर्ने माग राखेर कुमरोज मध्यवर्ती सामुदायिक वनको गेटमा भेला जम्मा भएका थिए ।

वडाध्यक्ष, वार्डेन, डार्क टोली र नेपाली सेनाको उपस्थितमा छलफलपछि शव परीक्षणका लागि भरतपुर सरकारी अस्पताल पठाएको प्रहरीको भनाई छ ।
