हेटौँडा, असार ३१ गते । मकवानपुरको कैलाश गाउँपालिका ५ ठोस्नेका भुवनसिंह मुक्तान (गोविन्द) बेपत्ता हुनुभएको छ ।
नेपाल–चीन सीमामा रहेको ल्हेन्दे खोलामा आएको बाढीमा पर्नुभएका मुक्तान एक सातादेखि बेपत्ता हुनुभएको हो ।

असार २४ गते मङ्गलबार बिहान पहिरोमा परेपछि घरमा श्रीमतिलाई मोवाइल फोन सम्पर्क गरेर आफू समस्यामा परेको बताउनुभएका त्यसयता सम्पर्कविहीन हुनुभएको परिवारले बताएको छ ।
छोरा सन्तलालले असार २६ गते र रसुवामा पुगेर बुबाको खोजी गर्दा नभेटेपछि काठमाडौँस्थित त्रिविवि शिक्षण अस्पतालमा पुग्दा पनि केही पत्ता लाग्न नसकेपछि घर फर्किएको खासकुरालाई जानकारी दिनुभयो । अस्पताल जाँदा एउटा फाराम भरेपछि फोन गर्छौ भनेका थिए उहाँले भन्नुभयो अझै सम्पर्क हुन सकेको छैन ।
भुवनसिंह गत दुई वर्षदेखि रसुवामा पार्किङस्थल बनाउने निर्माण कम्पनीको टिप्पर चलाउँदै आउनुभएको थियो ।

लेदासहितको बाढी आएपछि बस्दै आएको कोठाबाट असार २४ गते बिहान ४ः३० बजेको समयमा मिक्स्चर निकाल्न जानुभएका बुबा अझै सम्पर्कविहीन रहनुभएको उहाँका छोरा सन्तलालले सुनाउनुभयो ।
स्थानीय रत्न गोलेले रसुवामा बाढीपछि बेपत्ता भुवनसिंहको परिवारले खोजी कार्य जारी राखेपनि फेला नपरेको बताउनुभयो ।




