हेटौँडा, साउन १ गते । बागमती प्रदेशको खानेपानी, उर्जा तथा सिँचाइ मन्त्रालयले गत आर्थिक बर्ष २०८१/८२ का लागि विनियोजित बजेटको ९३ प्रतिशत खर्च गरेको छ । मन्त्रालयका लागि सात अर्ब ४७ करोड बजेट विनियोजन भएको ९३.१२ प्रतिशत अर्थात् छ अर्ब ९५ करोड रुपियाँ खर्च भएको मन्त्रालयको भनाई छ ।

विनियोजित बजेटमा चालु तर्फ ४१ करोडमा ३० करोड र पुँजीगत तर्फ सात अर्ब छ करोडमा छ अर्ब ६५ करोड रुपियाँ खर्च भएको छ ।
मन्त्री श्यामबहादुर खड्काले मन्त्रालय तथा मातहतका कार्यालयहरूलाई योजना कार्यान्वयनलाई प्राथमिकतामा राखेसँगै बजेट खर्चमा वृद्धि भएको बताउनुभयो । योजनाहरुको समयमै टेण्डर, अनुगमन, पूर्वाधार निर्माण प्रक्रियामा स्पष्टतालगायतका कार्य गरेसँगै कार्यसम्पादनमा प्रभावकारिता आएको जनाइएको छ ।




