सुदूरपश्चिममा गौरा पर्व

लोकप्रिय

कञ्चनपुर, भदौ १९ गते ।

सुदूरपश्चिमका केही ठाउँहरूमा अहिले गौरा पर्वको सुरु भएको छ । भाद्र शुक्ल वा कृष्ण पक्षमा मात्रै गौरा पर्व हुने भन्दै कतिपय ठाउँमा हिजोदेखि गौरा पर्व शुरु भएको छ । कतिपय ठाउँमा भने भदौ ७ गते गौरा पर्व मनाइसकिएको छ । गौरा पर्व मनाइने ठाउँमा आज विशेष दिन ‘नानी गौरा’ भनिन्छ । महिलाहरूले बिरुडा नामक विशेष सजावटलाई खोला र पोखरीमा धुने चलन छ । साउँ, तिल, अपामार्ग लगायतका वनस्पतिहरूको प्रयोग गरी गौराको प्रतिमूर्ति बनाई नजिकका पानीका मुहान, धारा तथा तलाउमा लगेर गौरादेवीको पूजाआजा गर्ने गरिन्छ ।बिरुडापञ्चमीका दिन भिजाएका बिरुडालाई आज नजिकका धारा,तलाउमा लगेर धुने चलन रही आएको छ । बिरुडाले नै गौरादेवीको पूजाआजा गर्ने चलन रही आएको छ ।

गौराको समयमा विभिन्न ऐतिहासिक ठाडो खेल, ढुस्को, धमारी,चैत लगायत देउडा समेत खेलेर रमाइलो गर्ने गरिन्छ । 

यो बर्ष अगस्ती उदयका विषयमा ज्योतिषहरुबीच विवाद भएपछि दुई गौरा भएका छन् । अगस्ती उदयको दोष लाग्ने भन्दै कतिपय ठाउँमा भदौ ७ गते श्रावण शुक्ल पक्षमा नै गौरा मनाइसकिएको छ । तर गौरा भाद्र कृष्ण वा शुक्ल पक्षमा मात्रै पर्ने मत राख्दै आएका ज्योतिषहरूको तर्क र स्थानीय परम्परा अनुसार गौरा एकादशी र जनैपूर्णिमा पछि मात्रै गौरा मनाउनुपर्ने भन्दै कतिपय ठाउँमा हिजोदेखि मात्रै गौरा पर्व शुरु भएको छ । 

ताजा समाचार

Related Articles