प्रेस युनियन मकवानपुरले सय दिने अभियान सञ्चालन गर्ने

लोकप्रिय

हेटौँडा, साउन ६ गते । नेपाल प्रेस युनियन मकवानपुरले विविध रचनात्मक कार्यक्रमसहित सय दिने अभियान सञ्चालन गर्ने भएको छ ।
युनियनको सदस्यता नवीकरण, नयाँ सदस्यता वितरणलगायतका गतिविधि सञ्चालन गर्ने गरी एकसय दिने अभियान सञ्चालन गरिनेभएको हो ।
प्रेस युनियन मकवानपुरका अध्यक्ष सुबास बिडारीको अध्यक्षतामा सोमबार हेटौँडा सम्पन्न प्रेस युनियन मकवानपुरको कार्यसमिति बैठकले जिल्ला उपाध्यक्ष कपिल खड्काको संयोजकत्वमा सञ्चारकर्मीहरूलाई युनियनमा आवद्ध गराउने उद्देश्यले ‘पत्रकारसँग युनियन’ अभियान समेत सञ्चालन गर्ने निर्णय गरेको छ ।
त्यसैगरी बैठकले प्रेस युनियन मकवानपुरका सहसचिव प्रवेश धिताल ‘कुन्दन’लाई कार्यवाहक सचिवको जिम्मेवारी प्रदान गर्ने र सोमलाल घालन ‘भुवन’लाई कार्यसमिति सदस्यमा मनोनित निर्णय गरेको छ । र्ने भएको छ । यही साउन ४ गते काठमाडौँमा सम्पन्न युनियनको केन्द्रीय कार्यसमिति बैठकको निर्णयअनुसार संस्थाको विभिन्न गतिविधि गरिने युनियन मकवानपुर शाखाले जनाएको छ ।
अनुशासनको कारबाहीमा परेका सदस्यहरुलाई केन्द्रको निर्देशन अनुसार आत्माआलोचनासहित कारबाही फुकुवाको लागि शाखामा लिखित निवेदन दिन आव्हान समेत बैठकले गरेको छ ।

ताजा समाचार

Related Articles