डा. केसीद्वारा निःशुल्क स्वास्थ्य सेवा

लोकप्रिय

कञ्चनपुर, भदौ १९ गते ।

कञ्चनपुर जिल्लाको महाकाली नदी पारीको दोधाराचाँदनी नगरपालिकामा प्रा.डा.गोविन्द केसीले तीन दिनसम्म निःशुल्क स्वास्थ्य सेवा दिनु भएको  छ । आइतबारदेखि मङ्गलवारसम्म दोधारा–चाँदनी अस्पतालले आयोजना गरेको ३ दिने स्वास्थ्य शिविरमा डा. केसीले निःशुल्क स्वास्थ्य सेवा दिएका हुन ।

दोधारा–चाँदनी नगरपालिका-६ का वडाध्यक्ष एव नगर अस्पतालका अध्यक्ष ओम बस्नेतले अर्थोपेडिक सर्जन हार्डजोर्नी तथा नसा रोग विशेषज्ञ डा. केसीले निःशुल्क उपचार र परामर्श सेवा दिएको बताउँदै विशेषज्ञ सहितको स्वास्थ्य शिविरमा सयौँ स्थानीय लाभान्वित भएको अध्यक्ष बस्नेतले बताउनुभएको छ।

डाक्टर केसीले बिरामीलाई निःशुल्क चेकजाँच तथा परामर्श दिने र गरिब विपन्न लाई आफैले बोकेर ल्याएको औषधि समेत निःशुल्क प्रदान गरिरहेका छन् । उहाँले विशेष गरी दीर्घकालीन हाडजोर्नी तथा नसा सम्बन्धी समस्या भएका बिरामीलाई लाई परामर्श तथा औषधि वितरण गरिरहेका हुन । दोधाराचाँदनी अस्पतालमा डा. गोविन्द केसीले तीन दिनमा ५ सय ९८ जना बिरामीहरूलाई निःशुल्क स्वास्थ्य सेवा दिएको दोधाराचाँदनी अस्पतालले जनाएको छ ।

दोधारा चाँदनी अस्पतालको आयोजनामा र वडा नम्बर ९ का अध्यक्ष ओम बस्नेतको पहलमा थालिएको स्वास्थ्य शिविरमा हाड जोर्नी समस्या भएकाहरूका लागी गाउँघरमै निःशुल्क उपचार र परामर्श पाउँदा खुसी लागेको भन्दै डा‍. केसीले सहज रुपमा परामर्श दिइरहेका र स्वास्थ्य शिविर वाट सयौँ बिरामी लाभान्वित भएको उपचारमा आएका बिरामीले बताएका छन् ।

ताजा समाचार

Related Articles