‘हनी ट्रयाप’ मा पारी १४ लाख असुली गर्ने एक महिला पक्राउ

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, साउन ७ गते । हनी ट्रयापमा पारी आर्थिक लाभ लिने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
दैलेख नौमुले गाउँपालिका वडा नं. ८ घर भई हाल सुर्खेत जिल्ला वीरेन्द्रनगर नगरपालिका वडा नं.९ बस्ने बर्ष अ. २१ की शिन्दु चन्दलाई पक्राउ गरी आर्थिक लाभ (एक्सटर्सन) लिएको अभियोगमा जिल्ला प्रहरी कार्यालय सुर्खेतले पक्राउ गरेको हो ।
प्रहरीले गत वर्ष भदौमा शिन्दु चन्दले मनोज कोईरालाबिच वीरेन्द्रनगर नगरपालिका वडा नं. ६ बुद्धपथ स्थित बुलबुले भ्यु होटलमा बोलाई एक आपसमा चिनजान तथा सहमतिमा सम्बन्ध राखेकी थिइन । । निज चन्दले हनी ट्रयापमा पारी आर्थिक लाभ लिने मनसायले जबरजस्ती करणी मुद्दामा फसाई दिन्छु र सामाजिक सन्जाल तथा मिडियामा नाङ्गो फोटो राखिदिन्छु भन्दै डर त्रास देखाई बेइमानीपूर्वक परिस्थिति सिर्जना गरी कोइरालासँग रकम लिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायव उपरीक्षक मोहनजंग बुढथापाले जानकारी दिनुभयो ।
चन्दले विभिन्न मितिमा गरी जम्मा १४ लाख २५ हजार नगद रकम असुली गरेको भन्ने प्रमाणसहित प्रहरी कार्यालयमा कोइरालाले जाहेरी दिएपछि प्रहरी कार्यालयबाट खटिईएको प्रहरी टोलीले चन्दलाई पक्राउ गरेको हो ।
शिन्दु चन्दलाई पक्राउ गरी आर्थिक लाभ (एक्सटर्सन) लिएको कसुरमा प्रहरी कार्यालयबाट थप अनुसन्धान कार्य भईरहेको जनाइएको छ ।

ताजा समाचार

Related Articles