हेटौँडा, साउन ८ गते । हेटौंडामा महिन्द्राका दुई नयाँ गाडी महिन्द्रा बोलेरो नियो एसयूभी र महिन्द्रा जियो ईभी सार्वजनिक गरिएको छ । अग्नि ग्रुप अन्तर्गतको अग्नि इन्कर्पोरेटेड प्रालिले एकैसाथ आफ्ना दुई नयाँ प्रोडक्ट सार्वजनिक गरेको हो । बागमती प्रदेशका मुख्य सचिव भुपाल बराल, अग्नि ग्रुपका अध्यक्ष क्याबिनेट श्रेष्ठ, अग्नि ग्रुपका प्रबन्ध निर्देशक सुसन श्रेष्ठ लगायतको उपस्थितमा एकैसाथ अग्नि लजिस्टिक्स प्रालिको उद्घाटन तथा दुई नयाँ प्रोडक्ट सार्वजनिक गरिएको हो ।

महिन्द्राको नयाँ एसयूभी महिन्द्रा बोलेरो नियोमा १४९३ सीसीको एमहक १०० बीएसभीआइ इन्जिन छ । यसमा थर्ड जेनेरेसन स्कोर्पियो च्यासिस, ३८४ लिटरको फराकिलो बुट स्पेस, ७ सिटर कन्फिगरेसन तथा प्रिमियम इटालियन लेदर इन्टेरियरले सुसज्जित रहेको छ ।


त्यस्तै, कम्पनीले व्यावसायिक प्रयोजनको लागि नयाँ महिन्द्रा जीओ दुई फरक भेरियन्टमा सार्वजनिक गरेको छ । कम्पनीले ‘ईभी डेलिभरी भ्यान’ र ‘ईभी पिक अप’ सार्वजनिक गरेको हो । ३० किलोवाट क्षमताको इलेक्ट्रीक मोटर रहेको जीओ २ ले एकपटकको फुलचार्जमा १६० किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ । कम्पनीले इलेक्ट्रीक पिकअप र डेलिभरी भ्यान दुवैको ब्याट्रीमा ३ वर्ष वा १ लाख २५ हजार किलोमिटरको वारेन्टी दिएको छ । यो व्यावसायिक प्रयोगकर्ताहरूको लागि भरपर्दो र किफायती विकल्पको रूपमा रहेको कम्पनीको भनाइ छ ।

कम लागतमै संचालन हुने जीजो २ पिकअप र डेलिभरी भ्यान सहरभित्र दैनिक खाद्यान्न, खानेपानी, तरकारी इत्यादी उपभोग्य वस्तुहरू डेलिभरी गर्न उपयुक्त साधन हो । मेरोअटो डटकमबाट




