कांग्रेस संसदीय दलका नेता लामाविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

लोकप्रिय

हेटौँडा, साउन ९ गते । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुर सिंह लामा तामाङविरुद्ध अविश्वासको प्रस्ताव दर्ताभएको छ। कांग्रेसका प्रदेश सभाका सदस्यले कांग्रेस संसदीय दलका नेता लामाविरुद्ध शुक्रबार अविश्वासको प्रस्ताव दर्ता गराएका हुन्। कांग्रेस संसदीय दलका सचिव कृष्णबहादुर तामाङ प्रदेश सभाका सदस्यको हस्ताक्षरसहितको पत्र बुझाउँदै अविश्वासको प्रस्ताव दर्ता गरिएको हो ।

२१ जना प्रदेश सभा सदस्यले हस्ताक्षर गरी  अविश्वासको प्रस्ताव दर्ता गराएको प्रदेश सभा सदस्य श्रीराम लामिछानेले जानकारी दिनुभयो। अविश्वासको प्रस्तावमा प्रदेश सरकारमा मन्त्री रहेको चार जनाले मन्त्री पदबाट राजीनामा दिएर हस्ताक्षर गरेका छन् । मन्त्रीहरु सुरजचन्द्र लामिछाने, विमल ठकुरी, मदुकुमार श्रेष्ठ र मीनकृष्ण महर्जनले राजीनामा दिएर अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्नुभएको हो । प्रदेश सभामा कांग्रेसका ३७ प्रदेश सभा सदस्य रहेका छन्।

ताजा समाचार

Related Articles