हेटौँडा, साउन ९ गते । नेपाली कांग्रेस नेतृत्वमा रहेको बागमती प्रदेश सरकारका चार जना मन्त्रीले पदबाट राजीनामा दिएका छन् ।
नेपाली कांग्रेसका मन्त्रीहरु आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, संस्कृति तथा पर्यटन मन्त्री विमल ठकुरी, सहकारी तथा गरिबी निवारणमन्त्री मदुकुमार श्रेष्ठ र युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जन शुक्रबार राजीनामा दिनुभएको हो । चारै जनाले आफूहरुले मन्त्री पदबाट राजीनामा दिएको पुष्टि गर्नुभयो । मन्त्रीहरुले छुट्टाछुट्टै राजीनामा दिनुभएको हो । रामेछापको कार्यक्रममा सहभागी हुन जानुभएका मन्त्री लामिछानेले कार्यक्रमबाट फर्किएर आएर मुख्यमन्त्री लामालाई भेटेर काठमाडौँमा राजीनामा बुझाएको बताउनुभयो ।
यसअघि लामिछानेले लामिछानले आफूले राजीनामाका बारेमा मुख्यमन्त्री लामासँग भेट गरेपछि मात्र टुङ्गो लाग्ने बताउनुभएको थियो । अन्य तीन जना मन्त्रीको व्हाट्सएपमार्फत राजीनामा आएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।




