विश्वास टुटेपछि अविश्वासको प्रस्ताव दर्ताः बानियाँ

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, साउन ९ गते । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले विश्वास टुटेपछि कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुर सिंह लामा तामाङ विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको बताउनुभएको छ ।
बागमती प्रदेशका मुख्यमन्त्री समेत रहनुभएका संसदीय दलका नेता विरुद्ध अविश्वासको प्रस्ताव दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रदेश सभा सदस्यसमेत रहनुभएका बानियाँले प्रदेशबासीको विकास प्रतिको आकांक्षा मुख्यमन्त्री लामाले पुरा गर्न नसकेका कारण अविश्वासको प्रस्ताव दर्ता गर्नुपर्ने अवस्था आएको बताउनुभयो ।
उहाँले मुख्यमन्त्री लामाले गौरवको योजना ल्याउन नसकेको उहाँको भनाई छ । माननीय साथीहरुले जुन भरोसा गर्नुभएको त्यो भरोसा टुटेपछि अविश्वासको प्रस्ताव विधि र प्रक्रिया पु¥याएर दर्ता गरिएको हो सभापति बानियाँले भन्नुभयो, लामाले नेतृत्व गर्न सक्ने अवस्था देखेनौँ ।
गत आवको बजेट खर्च र राजस्व प्राप्ति प्रभावकारी नभएको लामाविरुद्ध दर्ता गरिएको अविश्वासको प्रस्तावपत्रमा उल्लेख छ ।

 

ताजा समाचार

Related Articles