जबरजस्ती करणीको अभियोगमा अस्पताल सञ्चालक पक्राउ

लोकप्रिय

हेटौँडा, भदौ १९ गते ।
एक महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौँडाका एक निजी अस्पतालका चिकित्सकलाई पक्राउ गरेको छ ।
हेटौँडा उपमहानगरपालिका १ स्थित स्वर्गलोकस्थित सिटी अस्पतालका सञ्चालक डा. बसिम राईलाई मङ्गलबार प्रहरीले नियन्त्रणमा लिएको हो ।
काठमाडौँ जिल्ला बुढानिलकण्ठ नगरपाललिका १० घर भएका ३६ वर्षीय राईले हेटौँडामा रहेको आफ्नै डेरा कोठामा महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकावनपुरले जनाएको छ । प्रहरीका अनुसार डा. राईले आफ्नै डेरा कोठामा सोमबार राति जबरजस्ती करणी गरेको भन्दै महिलाले प्रहरी कार्यालयमा मङ्गलबार उजुरी दिएका आधारमा राईलाई नियन्त्रणमा लिएको हो । महिलाले प्रहरी कार्यालयमा जोहेरी दरखास्त दिएपछि राईलाई मङ्गलबारनै पक्राउ गरी जिल्ला अदालत मकवानपुरबाट मङ्गलबारबाट लागू हुने गरी पाँच दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

ताजा समाचार

Related Articles