थाहाको ऋषेश्वर मन्दिरमा सवा लाख दीप प्रज्वलन

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, साउन ११ गते । मकवानपुर जिल्लाको प्रसिद्ध धार्मिक स्थल थाहा नगरपालिका–४ स्थित ऋषेश्वर महादेव मन्दिरमा दीप प्रज्वलन गरिएको छ ।
जय दुर्गे काली सेवा केन्द्र काठमाडौँको आयोजनामा सोमबार विश्व शान्तिको कामना गर्दै देशभरका १०८ शक्तिपीठमा सञ्चालन गरिँदै आएको सवा लाख दीप प्रज्वलन महाअभियान अन्तर्गत ऋषेश्वर मन्दिरमा पनि विशेष कार्यक्रम आयोजना गरी दीप प्रज्ज्वलन गरिएको हो ।
दीप प्रज्वलनका अवसरमा थाहा नगरपालिकाका नगरप्रमुख विष्णु बिष्ट,उपप्रमुख भरत गोपाली, ऋषेश्वर क्षेत्र विकास समितिका अध्यक्ष विनोद कुमार लामा, जय दुर्गे काली सेवा केन्द्रकी गुरुमातालगायतको उपस्थिति रहेको थियो। यसअघि ऋषेश्वर मन्दिर क्षेत्रको सरसफाई गरिएको थियो ।

ताजा समाचार

Related Articles