प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय राजदूत श्रीवास्तवबीच शिष्टाचार भेट

लोकप्रिय

काठमाडौँ, साउन २५ गते । प्रधानमन्त्री बालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गर्नुभएको छ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार भएको उक्त भेटमा दुई देशबिचको द्विपक्षीय सम्बन्ध, आपसी हित र सहकार्यका विविध विषयमा छलफल भएको हो।

भेटघाटका क्रममा राजदूत श्रीवास्तवले भारत सरकारका तर्फबाट बधाई तथा शुभकामना व्यक्त गर्दै नेपाल-भारतबिचको ऐतिहासिक सम्बन्धलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। साथै, द्विपक्षीय विकास आयोजनाहरू, आर्थिक सहकार्य र व्यापारिक प्रवर्द्धनका विषयमा पनि संक्षिप्त कुराकानी भएको सचिवालयले जनाएको छ।

facebook sharing button
twitter sharing button
messenger sharing button
whatsapp sharing button
viber sharing button

ताजा समाचार

Related Articles