हायु परिवार फेलाः सिन्धुलीबाट हेटौँडा, मुग्लिन हुँदै पोखरा पुगेका थिए

लोकप्रिय

काठमाडौँ, साउन ११ गते ।  सिन्धुलीको गोलञ्जोर-६ बाट हराएका एकै परिवारका १६ जना फेला परेका छन । यही साउन १० गतेबाट उर्मिला हायुसहित १६ जना सम्पर्कविहीन भएका थिए ।

उनीहरु पोखरा-३० स्थित सोमनाथ पौडेल र सोही स्थानका चन्द्र भण्डारीको घरमा फेला परेका हुन । १६ जना मध्ये १२ जना पौडेलको घरमा र ४ जना भण्डारीको घरमा फेला पारिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले प्रेस विज्ञप्तीमार्फत जानकारी गराएको छ । मधेश प्रदेश ०४–००१ ज ००८१ नम्बरको ईभी भ्यानमा खनियाँखर्क–सिन्धुली–हेटौँडा–मुग्लिन हुँदै पोखरा पुगेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक सूर्य प्रकाश सुवेदीले जानकारी दिनुभयो।

कास्कीका सहायक सिडिओले उनीहरु फेला परेको जानकारी दिएको सिन्धुलीका प्रमुख जिल्ला अधिकारी दिनेस सागर भुसासले पुष्टि गर्नुभएको छ । शनिबार आएर पोखराको होटल जननीमा बसेको हायू परिवार आइतबार त्यहाँबाट निस्केका थिए । उनीहरुले प्रहरीलाई मजदूरी गर्न पोखरा आएको जानकारी दिएका छन् । सिन्धुलीको गोलन्जोर गाउँपालिका वडा ६ बाट हायू परिवार गएको शुक्रबारदेखि सम्पर्कविहीन रहेका थिए ।

ताजा समाचार

Related Articles