बागमती प्रदेशसभा बैठक पुनः स्थगित

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, भदौ १९ गते ।
बागमती प्रदेश सभाको बैठक पुनः स्थगित गरिएको छ ।
सोमबार दिउँसोका लागि बोलाईएको सत्ता पक्ष र विपक्षी दलबिच सहमती हुन नसक्दा सूचना टाँस गरेर स्थगित भदौ २० गते दिउँसो १ बजे बस्ने गरी बोलाइएकोमा पुनः स्थगित गरिएको हो ।
नेकपा एमालेसहित विपक्षी दलले विगतमा भएको सहमती कार्यान्वयनको अडान राखेपछि भदौ २४ गतेसम्मका लागि स्थगित गरिएको जनाइएको छ । सत्ता पक्ष र विपक्षी दलको सहमतीमा आगामी आइतबार बिहान ११ बजे बस्ने गरी बैठकको समय तय गरिएको जनाइएकोछ ।
विपक्षी दलहरुले यसअघि सरकारले गरेका सहमतीहरु कर्यान्वयन नगरेमा प्रदेश सभा बैठक बस्न नदिने बताउँदै आएका छन् ।
विपक्षी दलहरुको अडानकै कारण दुई महिनापछि सोमबार १ः३० बजे बस्ने भनिएको बैठक सारिएको थियो । यसअघि बागमती प्रदेशका प्रदेश सभामुख भुवनकुमार पाठकले दलहरुको सहमतीमा बैठक सारेको बताउनुभएको थियो ।
बुधबारका लागि तय भएको बैठकका बारेमा दलहरुबीच छलफल गरी सहमती जुटाउने प्रयास भएपनि नजुटेपछि भदौ २४ गतेसम्मका लागि बैठक सारिएको प्रदेश सभा सचिवालयले जनाएको छ ।
एमाले र राप्रपाले चालु आवको बजेटमा आफ्नो माग संवोधन हुनुपर्ने माग राख्दै आएका छन् ।

ताजा समाचार

Related Articles