सुरुङमार्ग बनाउन प्रस्ताव

लोकप्रिय

सिन्धुपाल्चोक, भदौ २१ गते ।

हेलम्बु गाउँपालिका–१ अम्बाथान देखि पाँचपोखरी गाउँपालिकाको छिम्तीसम्म सुरुङ बनाउन प्रस्ताव गरिएको छ ।

मेलम्ची खानेपानी बिकास समिति बोर्ड सदस्य समेत रहनुभएका हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले हेलम्बुबाट याङ्ग्री र याङ्ग्रीबाट हेलम्बु यातायात आवतजावतको लागि टनेल निमार्ण गर्न प्रस्ताव गर्नु भएको हो ।

मेलम्ची खानेपानी आयोजनाको दोस्रो चरणको कार्यक्रम अन्तर्गत याङ्ग्री र लार्केको पानी मेलम्ची सुरुङमै थप गरेर काठमाडौँ ल्याउने तयारी छ । 

सोही प्रयोजनका लागी थप ९ किलोमिटर टनेल निर्माण गर्दा हेलम्बुको मुहान देखि याङ्ग्री मुहानसम्मको सो ९ किलोमिटरको भागमा खानेपानीको टनेल सँगसँगै हेलम्बुबाट याङ्ग्री र याङ्ग्रीबाट हेलम्बु यातायात आवतजावतको लागि सहज हुने गरी टनेलको डिजाइन गर्न अध्यक्ष शेर्पाको प्रस्ताव छ  ।

याङ्ग्री र लार्केको पानी राजधानी लैजानका लागी निमार्ण हुने टनेलको डिजाइन गर्दा पानी सँगै यातायात आवतजावतका लागी समेत सहज हुनेगरि निर्माण गरिने डिजाइन गर्न उनले आग्रह गर्नु भएको हो  । यातायात सहितको टनेल निमार्ण गरिएमा हेलम्बु र पाँचपोखरी क्षेत्र दुवैतिरको पर्यटन प्रवर्द्धन र विकासमा मा टेवा पुग्ने अपेक्षा लिइएको अध्यक्ष शेर्पाले बताउनुभयो । दुई वटै पालिकाको छोटो दुरी र वैकल्पिकको रुपमा सो मार्ग प्रयोग गर्न सकिने शेर्पाको भनाई छ ।

यसका लागी प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको र विभिन्न बैठकमा समेत आफूले कुरा उठाएको अध्यक्ष शेर्पाले बताउनुभयो । “ एडिबीले टनेलको डिजाइन गर्दा यातायात आवतजावत सहितको गर्न पर्छ यसले गर्दा यस भेगको पर्यटन प्रवर्द्धनमा मात्र नभएर विकासमा समेत टेवा पुग्ने उहाँको भनाई छ ।

यो प्रस्तावका लागि पाँचपोखरी थाङपाल गाउँपालिका अध्यक्ष टासी लामासँग पनि सल्लाह भएको र उनको पूर्ण समर्थन रहेको शेर्पा बताउनुहुन्छ । यो विषयमा स्थानीय राजनीतिक दल, जनप्रतिनिधि, समाजसेवी, बुद्धिजीवी तथा सरोकारवाला निकायसँग चरण–चरणमा छलफल गरिसकेको र यसलाई निरन्तर अघि बढाइने शेर्पाको भनाइ छ । शेर्पाको प्रस्तावमा मेलम्ची खानेपानी बिकास समिति पनि सकारात्मक रहेको उहाँको भनाइ छ ।

ताजा समाचार

Related Articles