खासकुरा संवाददाता
हेटौँडा, साउन १९ गते । मकवानपुर प्रहरीले लागूऔषधसहित जिल्लाको विभिन्न स्थानबाट छ जनालाई पक्राउ गरेको छ ।
प्रहरी चौकी रातोमाटे मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौँडा उपमहानगरपालिका वडा नं. १५ रातोमाटे चेकपोष्ट अगाडि सडकबाट हेटौँडा वडा नं. १ बस्ने वर्ष २२ को समिर मोक्तान र जिल्ला धनुषा गणेशमान चारनाथ नगरपालिका वडा नं. ४ घर भई हाल हेटौँडा वडा नं. १० बस्ने वर्ष २४ को सिद्धार्थ आलेमगरलाई लागूऔषध खैरोहेरोईनसहति पक्राउ गरेको हो ।
प्रहरीले सवारी साधनहरु रोकी जाँच गर्ने क्रममा वीरगंजबाट हेटौँडातर्फ आउँदै गरेको बा.प्र.०६–००१ ज ०४१४ नं. को यात्रुबाहक ईभी गाडीमा सवार मोक्तान र आलेमगरलाई शंका लागि खानतलासी गर्दा निजहरुको साथबाट खैरोहेरोईन जस्तो देखिने धुलो पदार्थ ९ ग्राम २०० मिलि ग्राम फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएका छ । निजहरु समिर मोक्तान र सिद्धार्थ आलेमगरलाई नियन्त्रणमा लिई मकवानपुर जिल्ला अदालत हेटौँडाबाट लागूऔषध मुद्दामा थप अनुसन्धान तथा कारबाही भईरहेको प्रहरीको भनाई छ ।
यस्तै प्रहरीले हेटौँडा ५ बाट लागूऔषध खैरोहेरोईनसहित दुई जनालाई पक्राउ गरेको छ ।
वडा प्रहरी कार्यालय सानोपोखरा मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौँडा उपमहानगरपालिका वडा नं. ५ पिप्लेचोक स्थित कान्ति लोकपथ सडक खण्डबाट लागूऔषधसहित प्रहरीले हेटौँडा ५ का वर्ष २१ का विशेष शाक्य र सोही मोटरसाइकल पछाडि सवार हेटौँडा ६ बस्ने वर्ष ३८ को सुवास चौलागाईलाई पक्राउ गरेको हो ।
प्रहरीले सवारी साधनहरु रोकी जाँच गर्ने क्रममा शान्ति टोलबाट पिप्ले चोकतर्फ आउँदै गरेको ना. ३५ प ६७१२ नम्बरको स्कुटर चालक शाक्य र चौलागाईलाई खानतलासी गर्ने क्रममा निजहरुको साथबाट ५२० मिलि ग्राम लागूऔषध खैरोहेरोईन जस्तो देखिने खैरो पदार्थ फेला पारेको थियो । उक्त लागुऔषध बरामद गरी निजहरु शाक्य र चौलागाईलाई नियन्त्रणमा लिई लागूऔषध कसुर मुद्दामा मकवानपुर जिल्ला अदालत हेटौँडाबाट म्याद लिई अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।
यसैगरी लागूऔषध ट्रामाडोल १५७ क्याप्सुल सहित दुई जना हेटौँडा २ बाट पक्राउ परेका छन् ।
हेटौँडा वडा नं. २ लोकप्रिय चोकस्थित गणेश मन्दिर अगाडि मकवानपुरको मनहरी गाउँपालिका वडा नं. १ घर भई हाल हेटौँडा वडा नं. २ गणेश मन्दिर नजिक डेरा कोठा गरी बस्ने वर्ष २० को सुरेश थिङ र सोही स्थान बस्ने वर्ष १९ को सुजत थिङलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार सुरेश थिङ र सुजत थिङलाई पक्राउ जिल्ला अदालत मकवानपुरबाट लागूऔषध मुद्दामा म्याद लिई अनुसन्धान भईरहेको छ ।




