पूर्वसूचना प्रणालीका बारेमा छलफल

लोकप्रिय

काठमाडौं, साउन १९ गते। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरणका कार्यकारी प्रमुख ई. दिनेश भट्ट र अन्य अधिकारीले छिमेकी राष्ट्र चीनको जियान्सी प्रान्तमा रहेको इस्ट-चाइना युनिभर्सिटी अफ टेक्नोलोजीका प्राध्यापक हुई चेनको नेतृत्वमा आएको विश्वविद्यालयको एक प्रतिनिधिमण्डलसँग छलफल गर्नुभएको छ।
त्यसक्रममा उक्त विश्वविद्यालयको ‘स्कूल अफ जिओफिजिक्स एण्ड स्पेस एक्प्लोरेसन’ सँग सम्बद्ध रहनुभएका प्राध्यापक हुईले भौगर्भिक प्रकोपहरुको अनुगमन, पहिचान, पूर्वसूचना प्रणाली र रोकथामका बारेमा विश्वविद्यालयले गरिरहेका काम र त्रिभुवन विश्वविद्यालयसँगको साझेदारीका बारेमा जानकारी गराउनुभएको थियो।
कार्यकारी प्रमुख भट्टले गत महिनाको रसुवा बाढी एवं विगतमा वर्षहरुमा तिब्बत हुँदै नेपाल प्रवेश गर्ने नदीहरुमा आएका आकस्मिक बाढीहरुले पुर्याएको ठूलो क्षतिले नेपाल र चीनबीच ‘रियल-टाइम डाटा’ हरुको आदानप्रदान लगायत पूर्वसूचना प्रणाली अत्यावश्यक भइसकेको उल्लेख गर्दै सहकार्यका लागि प्राधिकरण तयार रहेको बताउनुभयो।

ताजा समाचार

Related Articles