खासकुरा संवाददाता
हेटौँडा, साउन २१ गते । बागमती प्रदेशका नवनियुक्त मन्त्रीहरुले सहिद स्मारक पुुगेर सहिद र नेपालको लोकतान्त्रिक आन्दोलनका अग्रजरुप्रति प्रति श्रद्धान्जलि अर्पण गरेका छन् ।
हेटौँडा उपमहानगरपालिका ११ स्थित सहिद स्मारकमा रहेको सहिद प्रतिमासँगै नेपालमा प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला, २०४६ सालको जन आन्दोलनका कमाण्डर गणेशमान सिंह, नेकपामा संस्थापक पुष्पलाल श्रेष्ठ, पूर्व प्रधानमन्त्री मनमोहन अधिकारी र नेकपा एमालेको तत्कालीन महासचिवको सालिकमा माल्यार्पणसहित बुधबार एक कार्यक्रमका बिच श्रद्धान्जलि व्यक्त गरको हुन् ।
कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसूदन पौडेल, श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापा, वन तथा वातावरण मन्त्री भरतबहादुर केसी, भौतिक पूर्वाधार विकास मन्त्री डा. दिनेशचन्द्र देवकोटा र उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री विन्दु श्रेष्ठ, एमालेका नेता तथा कार्यकर्ता, सहिद स्मारक विकास समितिका पदाधिकारीलगायत श्रद्धान्जलि कार्यक्रममा पुग्नुभएको थियो ।
स्मारक पुग्नुभएका मन्त्रीहरुलाई सहिद स्मारक विकास समितिका कार्यालय प्रमुख रामचन्द्र न्यौपानले स्वागत गर्दै स्मारकको अवस्थाको बारेमा जानकारी गराउनुभएको थियो ।




