गाँजासहित दुई जना नाबालक नियन्त्रणमा

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, साउन २३ गते । मकवानपुर प्रहरीले लागूऔषध गाँजासहित दुई जना नाबालक नियन्त्रणमा लिएको छ ।
प्रहरी चौकी रातोमाटे मकवानपुरबाट खटिएको प्रहरी टोलीले पूर्व पश्चिम राजमार्गको हेटौँडा उपमहानगरपालिका वडा नं. १५ रातोमाटे चेकपोईन्ट स्थित सडक खण्डमा सवारी साधनहरुलाई जाँच गर्ने क्रममा चितवनतर्फ बाट वीरगंजतर्फ जाँदै गरेको ना ६ ख ९५३३ नं.को यात्रु बाहक बसबाट गाँजासहित दुई जना नाबालकलाई नियन्त्रणमा लिएको हो । बस सवार नाबालकहरुलाई शंका लागी खानतलासी गर्दा निजहरुले बोकेको झोला भित्र लुकाई ल्याईएको अवस्थामा गाँजा नौ किलो दुई सय ग्राम फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
निज नाबालकहरुलाई नियन्त्रणमा लिई मकवानपुर जिल्ला अदालत हेटौँडाबाट लागूऔषध मुद्दामा म्याद अनुमती लिई थप अनुसन्धान कार्य भई रहेको प्रहरीको भनाई छ ।

ताजा समाचार

Related Articles