हेटौँडा, साउन २३ गते । पुरानो बस्ती रहेको मकवानपुरको चित्लाङ, त्रिभुवन राजपथ बन्नु अगाडिसम्म उपत्यकाबाट तराई जाने बाटो पर्दथ्यो । राणाकालमा चित्लाङको महत्व एकदम धेरै थियो । काठमाडौँबाट शिकारका लागि तराई झर्दा भनौ वा भारत भ्रमणमा जाँदा यही बाटो भएर दक्षिण लाग्दथे । त्यस्तै अंग्रेज अफिसरहरु पनि यहीँ बाटो आउँदथे । यो बाटो धेरै हिड्नुपर्ने हुँदा श्री ३ चन्द्रशमशेरले श्री ३ का लागि एउटा दरवार र श्री ५ का लागि अर्को दरवार बनाएका थिए ।
यस चित्लाङको इतिहास बुद्धकालीन समय वा त्यसपछिसम्म जोड्न सकिन्छ । सम्राट अशोकको नेपाल आगमन र छोरी चारुमतीको उपत्यकासँग नाता गाँसिए पछि यही बाटो नै आवतजावत हुने गर्दथ्यो । सम्राट अशोकले बनाएको अशोक चैत्यको नामबाट नै यस गाउँको नाम चित्लाङ रहन गएको हो । चैत्य भएको ल अर्थात् बाटो भएको हुँदा चैत्य लः भन्दा चित्लाङ भएको हो भन्ने गरिन्छ ।
उपत्यकामा पहिलो पटक राज्य सञ्चालन गर्ने गोपालहरु उपत्यकाबाट धपाइए पछि यही चित्लाङमा बस्न थालेका थिए । यहाँ किरातकालीन शिवालय पनि रहेको छ । तीनवटा गजूर र तीन ढोका भएको यस त्रिपुरेश्वर शिवालय वास्तवमा तीनवटा शिवको संयुक्त मन्दिर हो । यस मन्दिरको उत्तरतर्फको शिव जगदिश्वर, दक्षिणतर्फको शिव भक्तेश्वर र बिचको शिवको नाम भने जङ्गभक्तेश्वर हो । तीनवटा शिवका लागि तीन ढोका र तीन गजूर राखिएको छ । चित्लाङको माझ पौवामा रहेको शिवालय हाल पनि देख्न सकिन्छ । तस्विरमा १०४ वर्ष अगाडिको अवस्था देख्न सकिन्छ ।
शिवालयको ठिक अगाडि राखिएको संरचनामा कुनै बेला घण्ट राखिएको होला तर १०३ वर्ष अगाडि नै त्यहाँबाट घण्ट हराइसकेको देखिन्छ । अहिले त सो घण्ट झुन्ड्याउने ढुङ्गाको संरचना पनि छैन । त्यस संरचनाको माथि नागको आकृति पनि देख्न सकिन्छ । साथै सिँढीको माथि नै केही पूजा गर्ने थलो देखिन्छ । तर हाल भने यस्तो केही छैन ।
तीनवटै ढोकामा ढुङ्गामा कुँदिएको सुन्दर छेपु देख्न सकिन्छ । सय वर्ष अगाडिको तस्विरमा आकर्षक ढोका देखिन्छ । तर अहिले सो ढोका छैन । पुरानो शैलीमा ढुङ्गाले बनेको मन्दिरको गजूर भने चारवटा नागले सुरक्षित बनाएको छ । जुन अहिले पनि देख्न सकिन्छ ।
( खोज तथा अनुसन्धानकर्ता सुनिल उलकको सामाजिक सञ्जाल फेसबुकबाट साभार ।)