तीन दिनदेखि हराएका प्रजा मृत फेला

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, साउन २५ गते । .मकवानपुरको कैलाश गाउँपालिका ९ बाट तीन दिनदेखि हराइरहेका एक युवक मृत फेला परेका छन् ।
कैलाश गापा ९ स्कुलडाँडाका वर्ष ४६ को बिष्ने भनेर चिनिने मान बहादुर प्रजा घरबाट आफूखुसी कोही कसैलाई नसोधी गत बिहीबार बिहान ९ः०० बजेको समयमा हिडेकोमा खोजतलासको क्रममा आइतबार ९ः२५ बजेको समयमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
घरभन्दा एक किमि दक्षिणतर्फ रहेको मनहरीखोलाबाट पानीघट्ट चलाउन ल्याइएको कुलोमा प्रजा मृत अवस्थामा फेला परेका हुन् ।
घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

ताजा समाचार

Related Articles