खैरोहेरोईनसहित दुई जना पक्राउ

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, साउन ३० गते । मकवानपुर प्रहरीले हेटौँडा उप महनागरपालिकला वडा नं. २ शान्तिटोलबाट खैरोहेरोईनसहित दुई जनालाई पक्राउ गरेको छ ।
हेटौँडा बस्ने वर्ष ३८ को ईश्वर अर्याल र वडा नं. ४ बस्ने वर्ष ३५ को नविन बर्तौलालाई खैरोहेरोईनसहित शुक्रबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
उनीहरुको साथबाट ३ ग्राम २४० मिलिग्राम खैरोहेरोईन बरामद गरिएको छ ।
अर्याल र बर्तौलालाई नियन्त्रणमा लिई मकवानपुर जिल्ला अदालत हेटौँडाबाट लागूऔषध मुद्दामा म्याद अनुमती लिई थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

ताजा समाचार

Related Articles