प्रहरीको आँखा जाँच गरियो

लोकप्रिय

हेटौँडा, साउन ३० गते । बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडामा कार्यरत प्रहरीलाई लक्षित गरी निःशुल्क आँखा जाँच शिविर गरिएको छ ।
बागमती प्रदेश प्रहरी कार्यालयको आयोजना र हेटौँडा सामुदायिक आंखा अस्पतालको प्राविधिक सहयोगमा भएको शिविरमा १६० जना प्रहरी कर्मचारीहरुको आँखा जाँच गरिएको थियोे ।
आँखा जाँच गरिएकामध्ये २० जनाको आँखाको थप उपचार आवश्यक भएपछि हेटौँडा सामुदायिक आँखा अस्पतालमा जान सल्लाह दिइएको अस्पतालले जनाएको छ । कार्यक्रममा आँखा जाँच पश्चात् आवश्यक औषधि वितरण गरिएको थियो ।
हेटाँैडा सामुदायिक आँखा अस्पतालले सामुदायिक कार्यक्रम अन्तर्गत अस्पताल आउन नसक्ने विरामीहरुलाई लक्षित गरी विद्यालय, औद्योगिक प्रतिष्ठानलगायतका स्थानमा पुगेर विद्यार्थी, शिक्षक, कर्मचारी कामदारलगायतको आँखा जाँच गर्दै आएको छ ।

ताजा समाचार

Related Articles