हेटौँडा, साउन ३० गते नेपाल आयल निगमले पेट्रोल–डिजेलको मूल्यमा हेरफेर गरेको छ ।
निगमले पेट्रोलको मूल्यमा प्रति लिटर दुई रूपियाँ वृद्धि गरेको जनाएको छ ।
निगमले शुक्रबार एक विज्ञप्ति जारी गर्दै डिजेल÷मट्टीतेल लिटरमा एक रूपियाँ घटाएको जानकारी दिएको छ । हेरफेर भएको मूल्य शनिबार बिहानबाट लागू हुने विज्ञप्तिमा उल्लेख छ ।
भारतीय आयल कर्पोरेसन (आइओसी) ले शुक्रबार पठाएको खरिद मूल्य अनुसार निगमले नयाँ मूल्य तोकेको हो ।
निगमले पेट्रोलियम पदार्थको मूल्य विभिन्न ठाउँलाई तीन वर्गमा विभाजन गरेर लागू गर्दै आएको छ ।
पहिलो वर्गमा पर्नेे क्षेत्रमा पेट्रोलको मूल्य १५८ रूपियाँ ५० पैसा र डिजेल–मट्टीतेलको प्रतिलिटर १४६ रूपियाँ ५० पैसा पर्नेछ।
त्यस्तै दोस्रो वर्गको क्षेत्रमा अब पेट्रोलको मूल्य १६० रूपियाँ प्रतिलिटर र डिजेल–मट्टीतेलको प्रतिलिटर १४८ रूपियाँ पर्ने निगमले जनाएको छ।
तेस्रो वर्गअन्तर्गत पर्ने क्षेत्रमा पेट्रोलको मूल्य १६१ रूपियाँ प्रतिलिटर र डिजेल–मट्टीतेलको प्रतिलिटर १४९ रूपियाँ पर्नेछ । 




