खासकुरा संवाददाता
हेटौँडा, साउन ३० गते । कुवेतमा विषादीयुक्त मदिरा सेवनका कारण बिरामी परेका ३५ जना नेपाली बिरामी परेका छन् । केही दिनअघि विषादीयुक्त मदिरा सेवनका कारण बिरामी भएका नेपालीलाई अस्पताल भर्ना भएको कुवेतस्थित नेपाली दूतावासले शुक्रबार एक विज्ञप्ति जारी गर्दै जनाएको छ ।
बिरामीहरूमध्ये केहीको मृत्यु भएको जानकारी पाएको भन्दै दूतावासले कतिजनाको मृत्यु भएको हो भन्ने खुलाएको छैन ।
यस्तै, केहीको स्वास्थ्य अवस्था गम्भीर रहेको र विभिन्न अस्पतालमा उपचार भईरहेको दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
दूतावासले बिरामीहरूको उचित उपचारका लागि निरन्तर समन्वय गरिरहेको जनाएको छ ।
त्यस्तै, घातक र जोखिमपूर्ण खाद्य तथा पेय पदार्थको सेवन नगर्न दूतावासले विज्ञप्तिमार्फत नेपाली नागरिकलाई अनुरोध गरेको छ ।




